You are viewing the translated version of खानेपानी सेवा बन्द गर्न सक्ने.
Section 35
खानेपानी सेवा बन्द गर्न सक्ने
(१) सेवाप्रदायकले कम्तीमा पन्ध्र दिनको सूचना दिई ऐनको दफा २४ को उपदफा (६) को प्रयोजनको लागि देहायको अवस्थामा खानेपानी सेवा बन्द गर्न सक्नेछ:-
(क) उपभोक्ताले सेवा उपयोग गरेबापत बुझाउनु पर्ने शुल्क वा सेवा शुल्क नबुझाएमा,
(ख) उपभोक्ताले सेवाप्रदायकसँग गरेको सम्झौतामा उल्लिखित कुनै शर्त उल्लङ्घन गरेमा वा पालना गर्नुपर्ने शर्त पूरा नगरेमा,
(ग) संरचना क्षतिग्रस्त भएमा वा हुने सम्भावना भएमा आवश्यक मर्मत सम्भार गर्न लाग्ने न्यूनतम अवधिसम्म,
(घ) खानेपानी प्रदुषित भई वा अन्य कुनै कारणले स्वास्थ्यको _ दृष्टिकोणले उपयोगी नभएसम्म ।
(२) उपनियम (१) क्रोखण्ड (क) र (ख) बमोजिम खानेपानी सेवा बन्द गरिएकोमा सम्बन्धित उपभोक्ताले आयोगले निर्धारण गरे बमोजिमको तिर्नु पर्ने बक्यौता महसुल, शुल्क र सेवा शुल्क तिरी: सेवा सुचारु गर्न निवेदन दिएमा वा पालना गर्नु पर्ने शर्त पूरा गरेमा सेवाप्रदायकले तुरुन्त खानेपानी सेवा सुचारू गरिदिनु पर्नेछ।